चमकदार ति हरेक वस्तु, सुन हुन्न हेर !
जे छ त्यसमै चित्त बुझाउ, रुन हुन्न हेर !
ठटाउँदैमा ढ्यांग्रो, संगीतकार कोहि हुन्न,
छुन्न जसले कुना मनको, धुन हुन्न हेर !
नचलाउ है रक्षान त्यो, फोहोरको डङ्गुर,
छिटा पर्छ आफ्नै मुखमा, छुन हुन्न हेर !
सागर ले मात्र बोक्छ, नुनिलो त्यो स्वाद,
खोला को त्यो बगर मा, नुन हुन्न हेर !
त्यो ज्यानमा गोर्खालीको, खुन हुन्न हेर !
अधिकार पाए पछी, कर्तव्य न भुल्नु,
घमण्डी र अहंकारी, हुन हुन्न हेर !
औंशी हुँदा, रातले मात्र बुझ्छ आफ्नो पिडा,
अरबौ होस् जुन्किरी त्यो, जुन हुन्न हेर !
चाहे देखाउ देखावटी, हाँसो दुनियालाई,
पिडा पर्दा, नरुने मन, कुन हुन्न हेर ?
व्यर्थै किन कोसि रन्छौ, आफ्नै भाग्यलाई,
बैगुनी लाइ गर जति, गुण हुन्न हेर !
देखिन्छ नि जसरि नि, घाउ पिरतीको,
च्यातिएको मन पोत्ने, चुन हुन्न हेर !
दोष नदेउ अरुलाई, जतन गर आफै,
जोगाएर राखे अन्न, घुन हुन्न हेर !