छट्पटिदै मर्न लागें तिमी बाँच्नु बैगुनी ,
मेरा चाह मारे पनि आफ्ना साँच्नु बैगुनी ।
पलाएको माया छाडी अन्तै गर्यौ मलजल,
त्यहि मायाको मुनालाई नि भाँच्नु बैगुनी ।
घात गर्दै दुधमा बिष घोलि दिए पछि,
जिउदै छ कि मरी मनि जाँच्नु बैगुनी ।
जब घरको आँगनिमा शखं बज्न थाल्छ,
धक फुकाई घुमी घुमी तिमी नाँच्नु बैगुनी ।