छाडा बोल्छन् नमानी धक लजाउँदैनन् नारी अचेल
हवाँगै छोड्छन् छोपिने ठाउं लगाउँदैनन् सारी अचेल
कोहि हुन्छन् साक्षात देवी कोहि-कोहि चैं मार्गदर्शक
कोहि हिड्छन्अस्मिता नै अस्तव्यस्त पारी अचेल
कोहि लड्छन् देशको निम्ति ज्यानै राखी हत्केलामा
कोहि बिक्छन् बजारमा नैतिकतालाई मारी अचेल !!
कोहि भुल्छन धैर्यतालाई बिराऊंछन् बाटो यहाँ
कोहि फाल्छन जिन्दगि नै आफैं संग हारी अचेल