छाडी जाने निष्ठुरीको, प्रीत सम्झी रोएँ
द्यौरालीमा लगाएको, मीत सम्झी रोएँ
सँगै बाँच्ने सँगै मर्ने, कसम थियो हाम्रो
निर्दयीको झूठो बोल्ने, रीत सम्झी रोएँ
सधैँ भरी वन, पाखा, रमाइ रमाइ घुम्दा
छहारीमा सुनाएको, गीत सम्झी रोएँ
चिसो चिसो सिरेटोमा, गाउँ बेसी गर्दा
मिर्मिरेमा टल्किएको शीत सम्झी रोएँ
चम्किएकी बेइमानीको जीत सम्झी रोएँ