छिमेकिले सिमा मिच्दा, आशु मात्र बहने भो
बहादुरका सन्तान हामी, नामै मात्र रहने भो
पुर्खाहरुले देश बच्चाउन, काङ्गडासम्म लडेथे
शन्तति लाई धेरै हुँदा, ईतीहास मै रहने भो
बाउबाजेले आफ्नो क्षत्र, टिस्टा सम्म फैलाएथे
दुस्टहरुको छल्कपट मा, मेची मात्र रहने भो
सानो तर सुन्दर नेपाल, त-त म-म ताना-तान ले
घर भित्रै को झगडामा, सत्रु खुशी रहने भो
धमिरा झै देश चुस्दा, खोक्रो मात्र रहने भो