छोडेर जानेले झूटो माया लायौ किन
आँसुले बिदाई गरी अन्तै धायौ किन॥
अर्कैको साथमा कुम जोडी जानु रै'छ
नौतंगी कसम त्यहि दिन खायौ किन॥
चादनी रातको छायाँ बनि दिन्छु भनि
कुहिरो बादल लागी आज छायौ किन॥
दुखाई दिलमा जानु थियो भने टाढा
जोडेर साइनो एक छिन आयौ किन॥
जिउछु सँगै नै भनि गीत गायौ किन॥