छोप्दैमा देह पहिरनले, छोपिन्छ र चरित्र त्यो ?
बटार्छ मुन्टो दु;ख पर्दामा, भन्छ र कस्ले मित्र त्यो ?
खोज्दैछौ कँहा देवता तिमी, मन्दिर र मस्जिदमा,
झाकेर हेर, बाहिर हैन, आफ्नै मनको भित्र त्यो !
बिटुलो पार्यौ निष्ठुरी तिम्ले, चोखो आत्माको सम्बन्ध,
छर्केर अब सुन-पानी फेरि, हुन्छ र पवित्र त्यो ?
नाटक रच्यो दैवले कस्तो, मुटु दियो माया बिना,
आखिरी रैछ जिवन यौटा, विचित्र चलचित्र त्यो !
बटार्छ मुन्टो दु;ख पर्दामा, भन्छ र कस्ले मित्र त्यो ?)