चिम्सा चिम्सा आँखासंगै गुलाबी ती गाला देख्छु
कति राम्री छोरी मेरी चम्किला ती छाला देख्छु
आफ्नै भाषा आफ्नै धर्म साह्रै राम्रो मान्छिन् उनि
चट्ट मिल्या चोलीमाथि टल्किने ती माला देख्छु
चुल्बुले त छिन् नै उनि यताउता दौडिरन्छे
दौडिहिड्दा छङ्छङ् बज्ने हातैभरि बाला देख्छु
टन्न भर्छिन् पानी अनि राख्छिन् घैला कम्मरमा
मन्द मन्द मुस्कानसित चुस्त उनको चाला देख्छु
यस्ती राम्री देख्छे मोरी नेप्टी उसै छदैं छे उ
चिरीच्याट्ट गोरी सामु अरु सबै काला देख्छु