चिनामा के थियो हेरिएन कतै ।
भन्थ्यो ज्योतिष टेरिएन कतै ।।
प्रहार उस्तै हिँजो र आज पनि ।
अलिकति शैली फेरिएन कतै ।।
जे हुने हो त्यो भएरै छाड्छ ।
रक्षाकवज ले बेरिएन कतै ।।
व्यहोर्न तयार भएरै बसेँ ।
गुनासो कुनै केरिएन कतै ।।
कोही आएन सोधी खोजी गर्दै ।
सान्तवनाले घेरिएन कतै ।।