चोरकै मालाहरु उनीन्छन यस्तै हो
वाह ! वाह ! तिनैका सुनीन्छन यस्तै हो ।।
बोल्नको पीठो बिक्ने त उखानथ्यो
बोल्यौभने मुखहरू थुनीन्छन यस्तै हो ।।
गर्ने र खानेको त जमानै हरायो
जाली र ठगमात्रै चुनीन्छन यस्तै हो ।।
जति साधु बन तिमी चोर नै हुन्छौ
असलहरु खराबमै गुनीन्छन यस्तै हो ।।
मकै जस्तै खातैखात कुनीन्छन त्यस्तै हो ।।