चोट किन दिन्छ, जिन्दगिले घरीघरी
खुशी किन छिन्छ, जिन्दगिले घरीघरी ।
तिम्रै यादमा बस्दा, रसाउछन आँखाहरु
आंसुहरु किन लिन्छ, जिन्दगिले घरीघरी ।
देख्याहैन भेट्याछैन, कस्ती होउली तिमी
मेरैठानी किन चिन्छ, जिन्दगिले घरीघरी ।
कहिलेभेटु कहादेखु, चन्चल भएकोछ मन
भेट्नेदिन किन गिन्छ, जिन्दगिले घरीघरी ।