चुडिन्दै गरेको सास मेरो देख्यौ
भङ्गुर जीवन रास मेरो देख्यौ
सुकेको हरियो पात भयो मन
गलेछ जीउने आस मेरो देख्यौ
लांदैछ जीवन हरी कठै दैव
धर्तिमा सकेछ गाँस मेरो देख्यौ
बनाइ बिरानो लग्यो अन्तै टाढा
झुक्याइ सारेर वास मेरो देख्यौ
नसुनी गुनासो खास मेरो देख्यौ