च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु !
न-रुवाउ आँखा पुछ्दै हाँस्न खोज्दै छु !
एक पल्ट चुँडे पछी डोरी माया को,
गाँसिन्छ र ? मुर्ख हुँ म गाँस्न खोज्दै छु !
(च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु !)
साँचेको थे' जस्को लागी सारा जिन्दगी,
उस्कै याद् मा बाँकी जुनी माँस्न खोज्दै छु !
(च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु !)
मिर्मिरेको भाले सरी बाँस्न खोज्दै छु !
(च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु !)
शिथिल भो' सपना जो थिए 'प्रखर',
जुर्मुरिँदै उठ्छ कि उकाँस्न खोज्दै छु !
(च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु !
न-रुवाउ आँखा पुछ्दै हाँस्न खोज्दै छु !)