दाजु भाईकै ज्यान लाने, पिली खारा नबनाउ
मुटु फुट्ने शंख फुक्दै, अब घारा नबनाउ
सपना ति सजाउदै, कल्पनामा हराउने
देख्दा राम्रा आकासका, जुन तारा नबनाउ
सबिंधान बन्ने आशा, साच्चै मर्न लागिसक्यो
आखा भित्र छारो हाल्ने, फोस्रा धारा नबनाउ
भट्याउन मात्र बन्ने, पुरा गर्नै नपर्ने ति
सुन्दा खेरी राम्रा लाग्ने, खोक्रा नारा नबनाउ
जनतालाई झुक्याउदै, पुरा गर्यौ आफ्नै स्वार्थ
देउता भनि पुजा गर्दै, भाईमारा नबनाउ