दाल पनि गल्नेछैन दैव नलागुन्जेल
कालको बश चल्नेछैन दैव नलागुन्जेल
जीवनमा खुसियाली,सुखसयल बाहेक
दु:खै दु:ख फल्नेछैन दैव नलागुन्जेल
थिचिहाल्ला जस्तोगरी पूरै चर्किएको
थोत्रो घरनि ढल्नेछैन दैव नलागुन्जेल
जहिले पनि वियोगले भतभती पोल्दै
प्यारो मुटु जल्नेछैन दैव नलागुन्जेल
फटाहाले छल्नेछैन दैव नलागुन्जेल