डाँडा पारी घाम जस्तै, देश मेरो देख्नु छैन ।
देश हारेको ईतिहास्, भोलीलाई लेख्नु छैन ।।
देशको नयाँ खाकामा नहोस् कुनै रोक्ने नाका ।
पैतालाले नेपालीकै, रगत् अब टेक्नु छैन ।।
सोची कोर देशको नक्सा, हातियार उठ्न सक्छ ।
नसुहाउने शासन भन्दै, जलाई हात सेक्नु छैन ।।
भोको नहोस कर्णाली नडुबोस् तराई पनि ।
नफुटोस् पहाडी मन, अर्को युद्द छेक्नु छैन ।।