दैव तिम्ले मान्छेको के जुनी बनायौ?
घात गर्छन् स्वार्थी अनी खुनी बनायौ!
बनाउन यो सृष्टि तिम्रै हात छैन भने!
किन देउता ?ढुंगा पुज्दै छूनी बनायौ!
दैव पूजें केही पाईन सोध्छु के रच्यौ?
माहाजालमा हेर!कस्तो बुनी बनायौ!
यतीधेरै घात हुन्छ यो पापी संसारमा!
अर्को जुनी नदेऊ भन्दै रुनी बनायौ!
हुन्देउ चाहत, अजम्बरी हुनी बनायौ!