दलालीको पोल्टा भरि पैसा लाएँ साथी ।
र त थुप्रै आशा बोकी खाडी आएँ साथी ।
सोंचे मैले बिदेशमा सुनै फल्ला भनि,
हैन रै'छ म त साह्रै दु:ख पाएँ साथी ।
बा-आमालाई व्यर्थै आशा देखाएछु मैले,
कठै ! न त चुहिएको छानो छाएँ साथी ।
मरुभूमि माथी सारा लक्ष्य सुकी जाँदा,
घर सम्झी विरहको गीत गाएँ साथी ।
बिदेशमा हात मुख जोड्नै गाह्रो भयो,
प्यास लाग्दा समुन्द्रमा लड्दै धाएँ साथी ।
राम सत्ते जिन्दगीमा हार खाएँ साथी ।