डराएका किन हेर आखिरका सपूत तिमी!
जानू हुन्न बिलाईकन् वीरका सपूत तिमी!
राख्नु पर्छ पुर्खाको त्यो इतिहास जोगाएर!
स्वाभिमानी नझुकेका सिरका सपूत तिमी!
कति लडे वीरहरू देशको निम्ति ज्यानै दी!
फर्की आऊ नालापानी तिरका सपूत तिमी!
गर्ने ठाने हामी पनी कम कहाँ छौं र भन्छौ!
नेपाली हौ बहादुर तक्दिर् का सपूत तिमी!
के छैन र हामीसँग प्रकृतिकी रानी नेपाल!
प्रेमलेनै सबै बाँध्ने जन्जिरका सपूत तिमी!