दशैं आए पनि आँशु गिराएरै आयो l
छिया छिया पारी मुटु चिराएरै आयो l
तयारीमा लागेहोलान् आफन्त र साथी l
आफूलाई त दलदलेमा छिराएरै आयो l
दिमागमा घुमिराखने जमरा र टीका l
सम्झनाको चर्कोमूल्य तिराएरै आयो l
ओझेलमा पारी सबै सुख,शान्ति,चैन l
दुखै दु:खको भवसागर भिराएरै आयो l
आफ्नू भन्ने जतिलाई पिराएरै आयो l