दशैं आयो राम्रै सङ्ग, मनाउनु है साथी
आफ्नो रीतिरिवाजमा, रमाउनु है साथी
केटा केटी आँगनमा, रौनकता छर्लान
बजारमा नयाँ लुगा, छनाउनु है साथी
आफन्त र नातेदार, सबै जम्मा होलान
आपसमा माया प्रीति, खनाउनु है साथी
जमरा र टीका लगाइ, नाचगान गर्लान
सबै लाई मीठा गीत, भनाउनु है साथी
मान्यजन र बूढाबूढी, आशिर्वाद देलान
सदप्रेमले हाँसी खुसी, बनाउनु है साथी
फैलाउंदै यश कीर्ति, प्रतिभावान बन्दै
संसारमा ठूलो नाम, कमाउनु है साथी