दशैँ आउँदा तिहार आउँदा मेरै झल्को आउँछ होला
पिना सुक्दा काग कराउँदा मेरै झल्को आउँछ होला ।
रंग फेर्दा पधेंरोले घर पोतिंदा कमेरोले
लट्ठो बाट्ने खर कटाउँदा मेरै झल्को आउँछ होला ।
बाटोघाटो खन्दै साथी दशैँ आयो भन्दै साथी
पिङ हाल्न बाँस ढलाउँदा मेरै झल्को आउँछ होला ।
खेतैभरी धान फल्दा सेल रोटीका चुल्हो बल्दा
देउसीभैलो गीत बजाउँदा मेरै झल्को आउँछ होला ।
जमरा टीका पर्साउँदा मेरै झल्को आउँछ होला ।