दशैंतिहार चाड यस्तै बर्ष दिनमा आँउछन् जान्छन
धनीलाई मोजमजा गरीबलाई ऋण लाउँछन् जान्छन
हीलोमैलो हट्नेबेला धानकोदो काट्नेबेला
गाउँ बस्ती शहर डहर जताततै छाउँछन् जान्छन
कोहीका दाजु घर होलान कोहीका भाई विदेशतिर
बाबु आमा दिदीबैनी घरपरिवार रुवाउँछन् जान्छन
कतै घरमा चिसो चुल्हो कतैभने लथालिङ्ग
माछा मासु रोटी अचार नानाथरी खुवाउँछन् जान्छन
आसुँ अनि आशिर्बादमा घरघरमा धाउँछन् जान्छन