दसै तिहार प्रदेशि लाइ, न आएनि हुने हो ।
सयपत्रि फ़ुल्को माला, न उनेनि हुने भो ।
उता तिम्रो हात खालि, यता मेरो निधार ।
दिदी सप्तरंगि टिकाहरु, नफ़ेटेनि हुने भो ।
थुप्रै तिहार बिते मेरा, प्रदेशमा रुदै रुदै ।
दिदी ओखर अनि ढाकाटोपि, नकिनेनि हुने भो ।
मुग्लानको बसाइ छ,बंदगि भो यो ज्यान ।
दिदि छुट्टी पाउछु भनि मैले,नसोचेनि हुने भो ।
साथि भाइले यो 'दिपक' लाइ नसम्झेनि हुने भो ।