देखेर रुप उनको मलाइ, गजल कोर्न मन लाग्यो ।
गुलाब झै उनको बैश भरि, मलजल गर्न मन लाग्यो ।
हास्दा उनि हिमाल झै, नाच्दा मयुर जस्ति ।
सलसल परेको नाग्बेलि कपाल, कोर्न मन लाग्यो ।
मख्मलि चोलि मा कति राम्रि, लालिगुरास जस्ति ।
आखा भरि राखि सधै, पल पल हेर्न मन लाग्यो ।
रिसाउदा म नरिसाउने उनि, फ़ेवा ताल जस्ति ।
सुसाउदै सेति झै संगै ,कल कल झर्न मन लाग्यो ।
गुलाब झै उनको बैश भरि ... ।