देश दुख्दा तिमी पनि, रुनै पर्छ साच्चै भन्दा
राष्ट्रियता मुटु भित्र, हुनै पर्छ साच्चै भन्दा
किन हाम्रो सिमाहरु दिन दिनै यतै सर्छन्
आट छ भने त्यो सिमालाई, छुनै पर्छ साच्चै भन्दा
जातियता क्षेत्रियता, देखाई देखाई भड्याउदैछौ
सदभाबको त्यो धागोले तुन्नै पर्छ साच्चै भन्दा
नेताको त भरै छैन, खान पाए देशै खान्छन्
लाग्या दाग सबै मिलि, धुनै पर्छ साच्चै भन्दा
नेपाली नै अब एक जुट, हुनै पर्छ साच्चै भन्दा