'देशका निम्ति गर्छु' भन्ने, आए कति-कति !
जनताको नामै भजी, खाए कति-कति !!
आजसम्म देखिए, रक्षक नामका भक्षक !
सबै भुली आफ्नै महल, छाए कति-कति !!
'सीमा आयो सीमापारि, जान हुन्न' भनी,
दिएकै हुन् दुनियाँले, राय कति-कति !!
सुत्नु, उठ्नु, बस्नु, खानु हाम्रै लागि अरे !
यसो भन्ने घर-घरै, धाए कति-कति !
आज उल्टो भूमिका छ, दिने-माग्नेबीचको !
'हाम्रा गीत त यी पो', भनी गाए कति-कति !!
बाँकी हुन्जेल ठूलाठूला, बाए कति-कति !!
छातीभरि यी आमाले, प्रहार धेरै सहिन् !
जताततै नीलैनील, घाय कति-कति !!
वर्षौ आँसु रगतमा, मुछिँदाको पीडा !
अनन्ततक मुछियून्, हाय ! कति-कति !!