देश को निम्ति दिलो ज्यान, दिएर गयौ तिमी ।
कहिल्यै नमर्ने अमर नाम, लिएर गयौ तिमी ।
जनता को भावना माथी, खेलवाड गर्ने ति,
तानाशाही हरु को मुख, सिएर गयौ तिमी ।
छातीमा गोली थापेर त, हाँसेरै डटी लड्यौ,
धर्तिमा आफ्नै रगत ले, रंगिएर गयौ तिमी ।
तर सपना अधुरै छ, तिम्रो अबमुल्य भो,
मिर्मिरे मा तारा हरु झैं, खिएर गयौ तिमी ।