देश को माटो को, याद आउँदैन र ?
गाउ को बाटो को, याद आउँदैन र ??
तीमी मुङ्लान पस्दा, शाहुले जोत्यो
खेत को आटो को, याद आउँदैन र ?
कसरी बिर्ष्यौ बलेसी,बग्या चुलामा
घर को पाटो को, याद आउँदैन र ??
पिज्जा खादा साझबिहान,छाक टार्ने
ढिकि र जातो को, याद आउँदैन र ??
बस्याछौ कन्डिशनभित्र,गाउको त्यो
घुम र छातो को, याद आउँदैन र ??
माया को खाटो को, याद आउँदैन र ??
आमाले तीमी लाई, पर्खेकी छिन रे
चोली को फाटो को, याद आउँदैन र ??