देशैभरि दिगोशान्ति छायो भन्ने सुन्न पाउँ ।
जनताले अधिकार पायो भन्ने सुन्न पाउँ ।
नेपाल यो लुट्न खोज्ने नेता हरु सुध्रिएर
सव्यबन्ने कसम'पो खायो भन्ने सुन्न पाउँ ।
पहिचान आफ्नो भुलि बिदेशीको सिको गर्ने
आज राष्ट्र प्रिय गीत गायो भन्ने सुन्न पाउँ ।
अशान्तिले विदेशीने नेपाली ति सबै जना
आफ्नै भुमि तिरै फर्की आयो भन्ने सुन्न पाउँ ।
श्रम गर्न मेला पात धायो भन्ने सुन्न पाउँ ।