गुरु दक्षिणा पो चढाएछन्, देशै भेटी राखी
आफ्नो अस्तित्व नै जलाएछन् देशै भेटी राखी
किन याँ जातिय राज्य खोज्छौ, यै हो र पहिचान्?
कस्तो अराजकता सजाएछन् देशै भेटी राखी
दुख्दा महाकाली हाँस्छ अरे मेची आजकाल
किन यो दुश्मनी जगाएछन् देशै भेटी राखी
विश्व बजारमा बिक्री भो रे, बुद्ध र लुम्बिनी
चिनो नेपालीको सटाएछन् देशै भेटी राखी
पुग्यो राजातन्त्र चाहिदैन, कुनै शाषक याँ
भन्दै गणतन्त्र रचाएछन् देशै भेटी राखी!