देऊ त तिम्रो गालाको लाली गीत लेखी दिन्छू,
कागजमा काजल पोख प्रित लेखी दिन्छु ।
नाकको नागमणी फुली आहा कस्तो झिलमिलाको,
म त अँधेरीमा जुनकिरीको जीत लेखी दिन्छु ।
लालुपाते ति ओठमा देख्दा लाजको नौलो लाली,
भैदिन्छू सातै रंग अनि नौलो रित लेखी दिन्छु ।
ति हातका गोरेटामा यो यात्री लाई हिड्न देऊ,
हर पाईलामा कसम तिम्रो मित लेखी दिन्छु ।
त्यो मुटुमा बस्न देउ हर धड्कन संग बाच्न देऊ,
जे जसरी जीवन जाओस् तर जादा जीत लेखी दिन्छु