धड्कन् धेरै बढेको छ गाउँ छुटेपछी
सँगै सँगै तरेको त्यो नाउ छुटेपछी
बेदनाले गम्भिरताको आभाश दिलाउदैछ
ममताको तिम्रो मेरो ठाउँ लुटेपछी
फिराद सुनि दिने बैरी पनि हाँस्दै छन रे
रशले स्वार्थ पुरा गरी डाहाले चुठेपछी
काला काला भयन्कर छाया देखे जस्तो लाग्छ
आधा रातमा झस्कियर कहालिदै उठेपछी
चोखो मायाको ऐना अनायसै टुटेपछी