ढकमक्क फूलैफूलले घर आँगन भरी आयो ।
सुख शान्ति समृद्धि नि तिहारले छरी आयो ।
चहल पहल बढेको छ आउने जाने बाटो भरी ।
सबैलाई खुसी"तिहार"मेरो खुसी हरी आयो ।
फर्की सके साथी भाई तिमी भने न आउने रे ।
भाई न आउँने खबरले आँसू मेरो झरि आयो ।
पोहोर सालनि रुँदै बित्यो तिम्रो बाटो हेर्दैमा ।
मेरो भाई यो तिहारमा फेरी त्यही सरी आयो ।
टाढा हुने दीदी भाईलाई के यस्तो परी आयो ।