धन कमाउने प्रलोभनमा, गुम्यो दाहिने हात मेरो ।
चुल्हो अब नबोल्ने भो, नपाक्ने भो भात मेरो ।
अन्धी आमा नदेख्ने छिन्, बूढा बाबा दमका रोगी,
शाहारा म अपाङ्ग भएँ, बे काम भयो साथ मेरो ।
दिन पनि दिन जस्तो, छैन मलाई उज्यालो यहाँ,
मेरो आँशु धारा बग्दा, निदाएन है रात मेरो ।
छोरीका मात्रै बाउ भएँ, प्यारी उनिलाई घाउ भएँ,
समाजमा नाम फेरियो, सहनु पर्ने माथ मेरो ।
मरी जान सकिएन, कहाँ छन् खै ?नाथ मेरो ।
जवानीमा होश राखिन, सबैलाई मन दुखाएँ,
कुकर्म को फल भन्छन्,पोखियो आज मात मेरो ।