धर्ती फाट्यो, गगन फाट्यो, तिम्रो माया फाट्न सकिन ।
(हो-हो तिम्रो माया फाट्न सकिन )
ढाँटे सारा दुनियालाई, आफ्नै मन लाई ढाँट्न सकिन ।
(हो-हो यो मनलाई ढाँट्न सकिन )
हरेक प्रहर नँया आशा, बोकी आँउछ बिहानी त्यो,
जुन सँग रम्ने यो मन, घाम सँग साट्न सकिन ।
(हो-हो यो मनलाई ढाँट्न सकिन )
कुन पापीले रङ्गाई दियो, सिउँदो तिम्रो सिन्दुरले,
आफ्नै हातले केश तिम्रो, शिरबन्दीले बाट्न सकिन ।
(हो-हो यो मनलाई ढाँट्न सकिन )
तिम्रो काख को चौतारी मा, बिसाएर भारी मेरो,
सयौ जुनी काट्छु भन्थे, यो जुनी नि काट्न सकिन ।
(हो-हो यो मनलाई ढाँट्न सकिन )
धर्ती फाट्यो, गगन फाट्यो, तिम्रो माया फाट्न सकिन ।
(हो-हो तिम्रो माया फाट्न सकिन )
ढाँटे सारा दुनियालाई, आफ्नै मन लाई ढाँट्न सकिन ।
(हो-हो यो मनलाई ढाँट्न सकिन )
(गिती गजल)