धर्ति उस्तै छ, आकाश उस्तै छ!
बदलियो के? बतास उस्तै छ!!
फेरियो मन, ब्याबहार तिम्रो,
फूलको हेर, सुवास उस्तै छ!!
सुख दु:खमा, हाँस्छन रुन्छन,
हाँस्ने रुने त्यो, आभाष उस्तै छ!!
जस्ले जे नीति, निर्माण गरे नि,
मजदुरको, प्रवास उस्तै छ!!
लुटेराको नि, साहस उस्तै छ!!