धात लाउनँ अविर चन्दन किन्ने बेला नरोए है ।
त्यो दैवले हाम्रो खुशी छिन्ने बेला नरोए है ।
प्रवाशमा छुँ कति बेला के हुन्छ थाहा हुन्न,
मृत शरीर बाँस माथि लिने बेला नरोए है ।
चक्नाचुर चुरा होलान तिम्रो शिउदो पुछीएला,
मलामीको लहर पछी हिंड्ने बेला नरोए है ।
श्रदान्जलि गर्न पुग्नु सानु बाबु काख्मा च्यापि,
आफन्तले मेरो चिहान चिन्ने बेला नरोए है ।
मेरो लाशमा दागबत्ति दिने बेला नरोए है ।।