ढाँट्नै परेपछि अरू बहानामा ढाँट्नु होला,
अहिले प्रमुख कार्यभार पूरा गर्न आँट्नु होला !
चाहिँदैन केही पनि निर्धक्क भै बाँच्न पाए,
सारा दुःख हाम्रै पेवा, सुखैसुख काट्नु होला !
मिठो खोज्या' हुँदै होइन, सागसिस्नोमै अभ्यस्त छौँ,
मह पनि खानुहोला, हात नि आफैँ चाट्नु होला !
हिजो, आज चलेजस्तै भोलि नचल्न नि सक्छ,
अरू छाडी संविधानका बाँकी पोया बाट्नु होला !