धेरै भयो छोड़ी आको सपनीमा देखिन होली ।
परदेशीको सम्झनामा चिठीपत्र लेखिन होली ।।
कुटो, कोदालो खन्ने पर्थ्यो, घांस, दाउरा पनि,
कामधामको व्यस्तताले मेरी प्यारी थाकिन होली ।
मेरो यादले सताउदा, रातमा निंद्रा लागेन कि,
सुम्सुम्याउदै मेरो तस्वीर सिरानीमा राखिन होली ।
सँगै उड़ने जोड़ी ढुकुर आज कता- कता भयो,
एक्लै बसी विरहीमा आँशु झारी रोइन होली ।
आफ्ना साथी, संगीसित मेरै कुरा गरिन होली ।