धेरै दु: ख पाईयो साथि, एउटा पार्टि खोल्नु पर्यो
सिक्छौ बरु सिकाई देउन, झुटो कुरा बोल्नु पर्यो
साम, दाम, दण्ड,भेद, सबै कुरा लागु गर्दै
ठुलाबडा जोगाउदै, निर्धालाई पोल्नु पर्यो
नोट छरे चुनाबमा, भोट जति सबै आफ्ना
हुलदङ्गा गराई यहाँ, अब बुथ बिथोल्नु पर्यो
लडाउन जानेकै छौ, मिलाउन पो गाह्रो हुन्छ
हेर अब अमृतमा नि, थोरै बिष घोल्नु पर्यो
ससंदमा पुगे पछि, आफ्नै हुन्छ ठुलो कुर्सि
लाखौको त्यो गड्डि फ्याके, किन खुट्टा मोल्नु पर्यो