धेरै नाता जोड्दाजोड्दा पुल भयो मेरो मन
फेरी नाता तोड्दातोड्दा भुल भयो मेरो मन
तोड्नु र तोडिनुको पिडा ठुलै हुदोरैछ
तोडिएको पिडालेनै शुल भयो मेरो मन
कहिले यता कहिले उता यात्रा गर्दागर्दा
बाटो भुलिएर चुलबुल भयो मेरो मन
सबैले यताउता फ्यालाफ्याल गर्दागर्दै
पात सबै चुडिएको फुल भयो मेरो मन
गर्मी बढ्दै गएपछी झुल भयो मेरो मन