धिक्कार छ बाँच्नु भन्दा, मरी गए जाति हुन्थ्यो ।
यो पापी संसार छोड्दा, जे-जे हुन्थ्यो माथि हुन्थ्यो ।।
आँशुको आहालमा, निर्थुक्क भिज्छुँ बरै,
देह आत्मा अलग भए, किन नाना-भाति हुन्थ्यो ।।
एकान्तमा बेसहारा, जिवन् आज जिईरहेछुँ,
मर्दा बरु मेरो पछि, मलामीको ताँती हुन्थ्यो ।।
मुटु हुँदा-हुँदै पनि, ढुङ्गा जस्तै लाग्छ मान्छे,
छोडुँ छिट्टै प्राथना छ, मेरो त्यस्तै छाति हुन्थ्यो ।।
सबै सामु 'मिलन' आज, कीन विश्वास घाती हुन्थ्यो ।।