ढिला नहोस कतै अब प्रित बनेर आउ
गामबेशींका बिहानीमा शीत बनेर आउ
आँखाहरुमा जब नाच्छ चौतारीको पिपल
त्यै चौतारीमा सुसाउँदै गीत बनेर आउ
देउरालीको पधेंरीमा घडाहरु भर्नेछु
स्वागत गर्छु तिमीलाई मीत बनेर आउ
मङ्ंगलध्वनी बजाउँला कलश सजाउँला
गाउँघरको हुने जनहित बनेर आउ
अवतरित हार हैन जीत बनेर आउ
~काठमाण्डौं