ढुकढुकी त चल्दैथ्यो मर्यो भन्दिएछौ
कोरोधीले ठुलै पाप गर्यो भन्दिएछौ
समचार सुन्नेहरू छक्क परे सबै
दुःख दिने पापी नर्क सर्यो भन्दिएछौ
हुन पनि नभएकै झूट फैलाएर
अधर्मी त कुहिएरै झर्यो भन्दिएछौ
पिरतीको झुटो खेल यस्तो हुदोरैछ
रुवाएर समुन्द्रनै तर्यो भन्दिएछौ
बिदेशमा भेट भाको थियो हाम्रो कतै
भनी ढाटी कुनै झेल्मा पर्यो भन्दिएछौ