दिदीबहिनी सम्झिएर, रुँदैरुँदै गयो तिहार
अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार
विगतका मीठा क्षणले, घचघच्याए सधैं
विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार
आँखा भरी द्यौसी, भैलो, मारुनी र नाच
बिछोडले ज्यादै दु:खी, हुँदैहुँदै गयो तिहार
हृदयमा छचल्केका, उकुस मुकुस पीडा
गुम्सिएका पोकाहरु, फुँदैफुँदै गयो तिहार
वर्षदिनको बाटोसमाइ, उँधैउँधै गयो तिहार