दिक्दार भए उनि सगँको, बयान सुन्दा
बैरो बने सबै अगंको, बयान सुन्दा
माया हो कि प्यास, बुझ्नै सकिन
अलमलमा परे बेढगंको, बयान सुन्दा
कस्तो पान हो त्यो तृप्त, हुदै नहुने
जिउदै मरे अझ दगंको, बयान सुन्दा
बेहोसि भै सबै सामु, नङ्ग्याईदियो
लज्जित भए रुपरगंको, बयान सुन्दा
योवनको तृष्णा शब्द, शब्दमा पोख्यो
उठेरै हिडे उमगंको, बयान सुन्दा