दिन दिनै दीनताले अब निकै सताउन थाल्यो
देशको समृद्धी पनि अब त्यसै हराउन थाल्यो
शंतानको बिचल्ली देखि मातृभूमि उदाश छिन
काली गण्डकी कर्णाली सबै आँशु बगाउन थाल्यो
कहाँ गएछ गौरव हाम्रो इतिहास कता हरायो
सगरमाथा निराश हुदै शिर निहुराउन थाल्यो
जात पात र क्षेत्र भन्दै अंश बन्डा गर्ने भए छन
तराई बाट दाजुभाइले नै निकाली भगाउन थाल्यो
बिर्से सबैले आफन्तलाई परचक्री अँगालो हाली
रुने छन सबै हेर देशको अस्तित्व हराउन थाल्यो