दिनैदिन जनताको हत्या छन यहाँ
भ्रष्टाचारी घुषखोरी सत्य छन यहाँ
साँचोकुरा बक्नुहुन्न केही नेपालमा
मृत्यु छिट्टै हुने उस्को तथ्या छन यहाँ
कानूनले नथामेका निती नियम छ
रामायण जस्तोमात्रै कथ्या छन यहाँ
ठुलाहरू जेजे गर्छन् छेक बार छैन
ठेकीभित्र घिउँ जस्तै मथ्या छन यहाँ
गरीबको अगेनामा चुलो बल्यहुन्न
नेतालाई भाषणले पत्या छन यहाँ