दिन गयो मैहिना अनि वर्ष पनि जान्छ सानु
आफ्नै भन्ने यो घरबारी, साहुले नै खान्छ सानु
दु: खले नै जोगाएको यो, सानो हाम्रो घर बारी
जान्छन अब गाँउ छाडेर, भन्दै तिर हान्छ सानु
हिटलरको झै मन छ उस्को, घर आई थर्काईरन्छ
जस्तो तस्तो मान्दैन रे गैरी खेतै छान्छ सानु
पुर्खाको यो निशानिलाई, खान दिन्न उस्लाई भनि
मैले पनि काम गर्दै छु, मन कहाँ मान्छ सानु
कति दु: ख काट्दै बस्छौ, परदेशी त्यो भुमिमा
केही गरी फर्क छिट्टै, नत्र सबै लान्छ सानु